लामाचौरमा अवैध काठसहित बोलेरो नियन्त्रणमा

पाेखरा | माघ १७, २०८०

लामाचौरमा अवैध काठसहित बोलेरो नियन्त्रणमा

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध काठसहित बोलेरो जीप नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले अवैध काठसहित लामाचौरतर्फ आउँदै गरेको बोलेरो जीप नियन्त्रणमा लिएको हो । 


पोखरा महानगपालिका–१९ भुनपुरेस्थित पुरनचौरबाट लामाचौरतर्फ आउँदै गरेको ग २ च ५३५७ नम्बरको बोलेरो जीप नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय कास्कीमा पठाएको कास्की प्रहरीले जनाएको छ । 


२ सय ७२ थान चिरुवा काठ (फल्याक) लोड गरेर लामाचौरतर्फ आउँदै गरेको जीप प्रहरीले चेकजाँच गर्ने क्रममा प्रयोजन खुल्ने कागजात नभएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय कास्कीमा बुझाएको प्रहरीले जनाएको छ ।  

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्